काठमाडौँ। श्रम संस्कृति पार्टीका संयोजक हर्क साम्पाङले जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ भन्दै काठमाण्डौँका मेयर बालेन प्रति कटु व्यङ्ग्य गरेका छन् । रास्वपाका सभापति रवि लामिछाने र मेयर बालेन शाहका विच सात बुँदे एकता सहमतिपत्रमा हस्ताक्षर भएपछी साम्पाङले यस्तो व्यङ्ग्य गरेका हुन् । उनले फेसबुकमा लेखेका “ हाहा… जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ फटाहाहरु… सिंहदरबार जलाउने र gen z को हत्या गर्नेहरुले विदेशीको इशारामा देश चलाउने रे ।।”
यस्तै उनले रवि बालेन लाई विदेशीद्धारा परिचालित भएको संज्ञा समेत दिएका छन् । उनले लेखेका छन् ।
“डलरेहरुले विदेशी द्वारा पालित पोषितहरुले media trail गरेर प्रधानमन्त्री समेत घोषणा गरेछन् जनताको मनमा माटो बाहेक अर्थोक केही छैन ! जय माटो ! जय देश !!।” साम्पाङले जनताको प्रत्यक्ष सम्पर्क बिना नेतृत्व स्थापनामा चुनौती रहेको बताएका छन् ।
उनले आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनलाई निर्णायक अवसरको रूपमा औँल्याउँदै सबै नागरिकलाई सचेत रहन र जनता–केन्द्रित नेतृत्वको लागि सक्रिय भागीदारी जनाउन आग्रह गरेका छन् । सामाजिक सञ्जालमा सक्रिय मेयर साम्पाङले अर्को स्ट्याटसमा यो वाद त्यो वाद भन्दै रात पार्नेहरुलाई देश बिकासमा ढुङ्गा बोकाउने धोको रहेको बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्