स्व. चेतनदिपको सम्झनामा अनेरास्ववियुले हाजिरीजवाफ प्रतियोगिता गर्दै

धनगढी । अखिल नेपाल विद्यार्थी युनियन (अनेरास्ववियु)ले हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ । अनेरास्ववियुले पूर्व अध्यक्षसमेत रहेका सहिद चेतनदिप अयडीको सम्झनामा सहिद चेतनदिप अयडी हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने भएको हो । 

प्रतियोगिता पुस १९ गते कैलाली बहुमुखी क्याम्पसमा हुने अनेरास्ववियुले जनाएको छ ।

अनेरास्ववियुका अनुसार प्रतियोगिता माध्यामिक तह तथा क्याम्पस स्तरीय हुनेछ । प्रतियोगिता दिवंगत अयडीको सम्झनासँगै विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले आयोजना गर्न लागिएको अनेरास्ववियु कैलालीका अध्यक्ष कुबेर खड्काले बताएका छन् । 

खड्काका अनुसार प्रतियोगितामा विद्यार्थीहरुलाई भूराजनीतिक अवस्थाबारे पनि जागरण सृजना गरिनेछ ।

प्रतियोगितामा जिल्लाभरका ३० वटा समूहको सहभागिता रहने बताइएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार रुपैयाँ, दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिनेछ । उक्त प्रतियोगितामा सहभागी हुन टिम दर्ता शुल्क भने एक हजार रुपैयाँ तोकिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार