कानुनी शासन स्थापित नगरी जेनजी का माग पूरा गर्न सकिँदैन : अर्थमन्त्री खनाल

कानुनी

काठमाडाैँ । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले बोलेको कुरा सबै लागू गर्नसके मात्रै आशा गरेअनुसारको परिवर्तन सम्भव रहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले बोलेको कुरा गर्न कतिपय अवस्थामा नसकिने समेत बताए । प्रणालीमा वाक इन द टकको ठूलो समस्या रहेको उनकाे भनाइ छ । कुनैपनि दायित्व नलिइकन बोल्दा जति खुला हुन्छ दायित्व लिएर गर्न त्यत्तिकै कठिन रहेको बताए । रुल अफ ल स्थापित भएपछि मात्रै जेनजीहरुले अपेक्षा गरेको सुशासन, भ्रष्टाचार नियन्त्रण गर्न सकिने बताए ।

आन्दोलनपछि पनि कानून परिपालना गर्ने कुरामा कोही पनि कटिवद्ध नभएको बताउँदै उनले कानुनी शासन स्थापित गर्न अहिले पनि नसकिएको बताए । उनले भने, ‘हामी जे बोल्छौँ, त्यही गर्नको निमित्त हामी कतिपय अवस्थामा सक्दैनौँ । प्रणालीमा वाक इन द टकको ठूलो समस्या छ । कुनैपनि दायित्व नलिइकन बोल्दाखेरी जति खुला तरिकाले बोल्न सकिन्छ, त्यही कुरा दायित्व लिँदा गर्नै सकिँदैन । गर्न सकिने कुरा मात्रै बोल्ने र बोलेको कुरा सबै गर्ने यदी हामीले गर्न थालियो भने आशा गरे अनुसारको परिवर्तन सम्भव छ ।’

मन्त्री खनालले थप भने- ‘रुल अफ ल भनेको अत्यन्त महत्वपूर्ण कुरा हो । यो स्थापित गरेपछि मात्रै जेन–जीहरुले अपेक्षा गरेको सुशासन, भ्रष्टाचार नियन्त्रण उहाँहरुले शुरुदेखि हामीसँग संवाद गर्ने क्रममा प्रत्येक पटक भन्दै आउनुभएको छ । मन्त्रीज्युले भनेपछि जे पनि हुने व्यवस्था व्यवस्था नै होइन । कानूनले भनेपछि जे पनि हुने हो । हुनुपर्छ । कानून परिपालना गर्ने कुरामा कोही पनि कटिवद्ध छैन । यो परिवर्तन पछि पनि मसँग आउने आग्रहहरु राजश्व अनुसन्धान विभागले फलानोलाई समात्यो छोडिदिनुपर्यो । अहिले हामीले स्थापित गर्नुपर्ने भनेको रुल अफ ल हो । त्यसको विकल्प छैन तर त्यो गर्न सकिएको छैन ।’

अर्थमन्त्री खनालले यसअघिका अर्थमन्त्रीहरुले वित्तीय प्रशासनमा महत्वपूर्ण भूमिका खेलेको बताए  । –न्युज एजेन्सी नेपाल

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार