कञ्चनपुरमा मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु

 शनिबार १२, पुष २०८२ ११:१४

धनगढी । कञ्चनपुरमा मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। शुक्रवार शुक्लाफाटा नगरपालिका– ५ बनसमितिस्थित पूर्वपश्चिम राजमार्गमा म १ त ९३१ नम्बर को ट्याक्टर र  सु प प्र ०२००४ प २६८८ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा मोटरसाइकल चालकको टाउको र खुट्टामा चोट लागि घाइते भएका थिए। 


बिज्ञापन


लालझाडि गाउँपालिका–३ का २६ वर्षका वीरेन्द्र रानाले ट्याक्टर चलाएका थिए। शुक्लाफाटा नगरपालिका– ५ का ४५ वर्षका गड्डु विकले मोटरसाइकल चलाएका थिए। घाइते मोटरसाइकल चालक विकलाई तत्काल झलारी स्थित  अस्पतालमा प्राथमिक उपचार पश्चात् महाकाली प्रादेशिक  अस्पतालमा उपचार लागि लगेको थियो। उपचारको क्रममा महाकाली अस्पतालमा राति ९ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार ४० वर्षका शुक्लाफाटा ५ वस्ने विरराम पोखरेल  घाइते भएका छन्। उनको झलारीमा उपचार भइ रहेको छ। घटनापछि ट्याक्टर, ट्याक्टर चालक र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार