धनगढी । समर्पण सुधार केन्द्रले सुधारार्थीहरुको जन्मदिन मनाएको छ । धनगढी उपमहानगरपालिका ५ स्थित उक्त केन्द्रले केन्द्रमा उपचाररत केही सुधारार्थीहरुको पहिलो वर्ष पूरा भएको अवसरमा जन्मदिन तथा उत्सव कार्यक्रम मनाएको हो ।
कार्यक्रममा केन्द्रको यात्रा अवधि र सुधारको अनुभव आदानप्रदान गरिएको थियो भने प्रेरणादायी व्यक्तिहरुको अनुभव पनि साटिएको थियो ।

शुक्रबार धनगढी ५, हसनपुरमा आयेजित उक्त कार्यक्रममा सामाजिक व्यक्तित्व, विभिन्न संघसंस्था, प्रहरी तथा सामाजिक अभियान्ताको सहभागी रहेको थियो । कार्यक्रममा सहभागीहरुले समर्पण सुधार केन्द्रको यात्रालाई हौसला प्रदान गरेका छन् ।
केन्द्रले लागुऔषध तथा मध्यपान उपचार र पुनर्स्थापनामा निरन्तर काम गर्दै आएको छ ।




प्रतिक्रिया दिनुहोस्