बालेन, रवि र कुलमानबिच आजै एकताका लागि हस्ताक्षर हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह(बालेन), राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जा मन्त्री कुलमान घिसिङबिच शुक्रबार एकताको लागि हस्ताक्षर हुने भएको छ ।

स्रोतका अनुसार परिस्थितिमा कुनै फेरबदल नभएमा आज साँझसम्म साह, लामिछाने र घिसिङबिच पार्टी एकताको लागि हस्ताक्षर हुनेछ । 

हस्ताक्षर अघि ३ वटै पक्षबाट आ–आफ्‌नो गृहकार्य गरेर सामूहिक भेट्ने तयारी भइरहेको छ । ‘सबै पक्ष एक ठाउँमा आएपछि छलफल गरेर आजै सहमतिमा हस्ताक्षर हुन्छ । केहि फरक नभए भोलि एकता घोषणा सभा हुन्छ,’ स्रोतले भन्यो । 

आगामी फागुन २१ गते हुने भएको प्रतिनिधिसभाको निर्वाचनको लागि वैकल्पिक शक्तिहरू र जेनजीहरु एकै ठाउँमा बसेर पुराना शक्तिहरूलाई चुनौती दिने तयारी छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार