रास्वपाको आन्तरिक प्रारम्भिक निर्वाचनः समर्थनका लागि डोटीकी जानिकाको भव्य अपिल

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आन्तरिक प्रारम्भिक निर्वाचनमा डोटीकी जानिका जोशीले समर्थनका लागि अपिल गरेकी छिन् । पुस १२ र १३ गते हुने निर्वाचनका लागि जोरायल गाउँपालिका-६ की जोशीले समर्थनका लागि पार्टी पंक्तिसँग अपिल गरेकी हुन् ।

जोशीको जन्म कैलालीको टिकापुर नगरपालिका-७ मा भएको हो । उनि होटल व्यवसायी पनि हुन् ।

उनले आफ्नो जीवनकालमा विभिन्न सामाजिक कार्य, नेतृत्व तथा परिवर्तनका पक्षमा निरन्तर योगदान दिँदै आएको बताएकी छिन् ।

हालसम्म विभिन्न समयमा व्यक्तिगत रुपमा समाजमा योगदान दिँदै आएकी जोशीले अहिले भने पार्टीको जिम्मेवारीमार्फत समाज रुपान्तरणमा योगदान गर्ने चाहना देखाएकी छिन् । उनले पार्टीको जिम्मेवारीबाटै समाजमा न्याय, विकास, सुशासन र समान अवसर सुनिश्चित गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने बताएकी छिन् ।

समाज रुपान्तरण गर्ने आफ्नो साझा अभियान सफल पार्न सहयोग चाहिने भन्दै उनले समुदायको आवाज सबल बनाउन र समाजलाई समृद्धि र न्यायको दिशामा अग्रसर गर्न पनि पार्टीको आन्तरिक प्रारम्भिक निर्वाचनमा समर्थन गर्न आग्रह गरेकी छिन् ।

यस्तै उनले आफूले पाएको भोट र विश्वासलाई खेर जान नदिने बाचा गर्दै पार्टी सदस्यलाई साथ र समर्थनका लागि अपिल गरेकी छिन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार