धनगढी । आसन्न निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कम्युनिष्ट पार्टीबाट मनोज पुन मगर सिफारिस भएका छन् । उनी जेनजी कोटाबाट सिफारिस भएका हुन् ।
माओवादी जनयुद्धको सहिद परिवारको सदस्य तथा आदिवासी जनजातीको समेत प्रतिनिधित्व गर्ने मगरले सामाजिक सञ्जाल फेसबुकमार्फत एक सेयर पोस्ट गर्दै आफू कैलाली क्षेत्र नम्बर ५ मा सिफारिस भएको जानकारी गराएका छन् ।
पार्टी संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वमा शान्ति प्रक्रिया, गणतन्त्र स्थापना, समावेशी संविधान र उत्पीडित वर्गको अधिकार सुनिश्चित गर्ने ऐतिहासिक काम सम्पन्न भएको उल्लेख गर्दै मगरले सोही कम्युनिष्ट आन्दोलनको विरासतलाई सुशासन, सामाजिक न्याय र विकाससँग जोडेर अघि बढाउने आफूहरुको दायित्व भएको पनि बताएका छन् ।
त्यस्तै उनले आफू भ्रष्टाचारविरुद्ध दृढतापूर्वक उभिँदै सुशासनका पक्षमा काम गर्ने र सहिद तथा बेपत्ता र घाइते परिवारको अधुरा सपना पनि पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
वर्तमान जेनजी आन्दोलनले जवाफदेही र मूल्य(आधारित राजनीतिप्रतिको जनअपेक्षाप्रतिको जनअपेक्षा स्पष्ट गरेको मगरको भनाई छ । उनले उक्त परिवर्तनकारी यात्रामा सहयोग र समर्थन गर्न पनि आग्रह गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्