धनगढी । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू कुनै हालतमा जाँचबुझ आयोगमा बयान दिन नजाने अडान लिएका छन् ।
सुरुदेखि नै गौरी बहादुर कार्कीको नेतृत्वमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको सरकारी दमनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगलाई बयान नदिने अडान लिएका ओलीले फेरी पनि आयोगमा बयान दिन नजाने बताएका छन् ।
तेस्रो पटक एमाले अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक एक टेलिभिजन कार्यक्रममा बोल्दै ओलीले यस्तो अडान दोहोराएका हुन् ।
उनले बरु गोली ठोके हुन्छ तर जाँचबुझ आयोगमा बयान दिन जान्न भनेका छन् ।




प्रतिक्रिया दिनुहोस्