धनगढीमा भारतीय ट्याक्सीको रजगज (भाग-४): पार्किङ गर्ने ठाउँ सारे, तर चौराहसम्मको परमिटमा जिल्लाभर घुम्छन्

भक्तराज जोशी

धनगढी । कल २४ न्युजले धनगढीमा भारतीय ट्याक्सीको रजगजबारे समाचार सम्प्रेषण गरेपछि ट्याक्सी पार्किङ स्थल फेरिएको छ । पहिला धनगढीको चौराहमा जग्गा भाडामा लिएरै पार्किङ गर्दै आएका भारतीय (पँहेलो नम्बर प्लेटका) ट्याक्सीहरु अहिले त्यहाँबाट सरेका छन् । 

तर चौराहबाट पार्किङ स्थल सारेका भारतीय ट्याक्सीहरुले गौरीफन्टा नाका नजिकै कञ्चनपुर क्षेत्रमा नयाँ पार्किङ स्थल बनाएका छन् । 

त्यसो त नेपालको कानून अनुसार भारतीय नम्बर प्लेट भएका ट्याक्सीहरु लामो समय नेपाली भूमिमा बस्न पाउँदैनन् । तर स्थानीय तह र स्थानीय प्रशासनको सहमतिमा यात्रु छोड्ने प्रयोजनका लागि डे-पास दिएर भारतीय नम्बर प्लेटका ट्याक्सीलाई धनगढीको चौराहसम्म आउन पाउने छुट दिइएको छ । यात्रुलाई छोडेर ती ट्याक्सी फिर्ता हुनुपर्छ ।

तर धनगढीको हकमा भने भारतीय ट्याक्सीहरु निर्वाध रुपमा जिल्लाभर घुमिरहेका भेटिन्छन् । अझ नेपाली यात्रु ओसारपोसारमा पनि भारतीय ट्याक्सी प्रयोग हुने गरेको पाइएको छ ।

भारतीय ट्याक्सीले नेपालमा व्यवसायिक रुपमा (पैसा/भाडामा) यात्रु बोक्न पाउँदैनन् । यदि भारतीय ट्याक्सीले नेपालीमा यात्रु बोक्छन् भने त्यो कानुनतःः ट्राफिक/भन्सारको नियम विपरीत हुन्छ । भन्सार र स्थानीय प्रशासनले त्यसमा कारबाही गर्न सक्छन् ।

तर भारतबाट यात्रु छोड्न भन्दै धनगढीको चौराहसम्मको परमिट लिएर आएका भारतीय ट्याक्सीहरु खानीडाँडा, गोदावरी, महेन्द्रनगर, फूलबारी, हसुलिया, टिकापुर, कर्णाली लगायतका ठाउँहरुमा निर्वाध घुमिरहेका देखिन्छन् ।

यसरी कानून विपरीत भारतीय ट्याक्सीहरु निर्वाध रुपमा चल्दा पनि प्रशासन र भन्सार भने मौन छन् । यति मात्र होइन भन्सारको निकम्मापनकै कारण आपराधिक गतिविधिमा भारतीय ट्याक्सीको प्रयोग पनि बढ्दो छ । यसले शान्ती सुरक्षामा थप चुनौती थपेको स्थानीयहरुले बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार