डडेल्धुराबाट ८औँ पटक चुनाव लड्दै देउवा, जित्लान् ?

धनगढी । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा फेरि पनि चुनाव लड्ने भएका छन् । देउवा निकट नेताहरुको दाबी अनुसार देउवा डडेल्धुराबाट चुनाव लड्ने तयारीमा छन् ।

डडेल्धुराबाट देउवाले २०४८ सालदेखि चुनाव जित्दै आएका छन् ।

Galaxy

उनी यसपाली फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको चुनाव पनि लड्ने तयारीमा रहेको काँग्रेसी नेताहरुले बताएका छन । जिल्ला कार्यसमिति डडेल्धुराले फागुन २१ गतेको निर्वाचनका लागि देउवाको एकल नाम सिफारिस गरेको छ ।

यता देउवा चुनाव लड्ने तयारी गरेसँगै देउवाले चुनाव जित्लान् भन्ने चर्चा सुरु भएको छ । यसो त डडेल्धुरामा लगातार चुनाव जित्दै आएका देउवा चुनाव लडे फेरि पनि जित्ने सम्भावना प्रबल रहेको काँग्रेसी नेताहरुको दाबी छ । तर कर्ण मल्लसहितको टोली पनि निर्वाचनको तयारीमा छ ।

देउवाको विरासत भत्काउने दाउमा लागेका मल्ल यसपालि रास्वपाको समर्थनमा चुनाव लड्ने तयारीमा छन् । रास्वपा लगायतका शक्तिहरुको समर्थन र सहयोग पाए माहोल मल्लको पक्षमा हुने आंकलन गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार