धनगढी । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको सरकारी दमनबारे छानविन गर्न बनेको जाँचबुझ आयोगमा बयान दिन जान अटेर गर्दै आएका केपी शर्मा ओलीलाई पार्टीकै नेताले बयान दिन जान आग्रह गरेका छन् ।
एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीलाई पार्टीकै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बयान दिन जान आग्रह गरेका छन् ।
उनले आन्दोलनमा भएको दमनबारे छानविन गर्न बनेको आयोगमाथि नै प्रश्न उठे पनि बोलाएको बेलामा बयान दिन ओली जानुपर्ने बताएका छन् ।
त्यस्तै उनले गौरीबहादुर कार्कीको भूमिकामाथि आशंका व्यक्त गर्दै छानविन निष्पक्ष हुनेमा आशंका व्यक्त गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्