मिसन फागुन २१ः कैलाली-३ मा डा. मिश्रको सम्भावना बलियो, ‘जेनजीले समेत रुचाउँछन्’

कैलाली । कैलालीमा चुनावी सरगर्मी बढेको छ । प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति (फागुन २१ गते) नजिकिँदै गर्दा कैलालीमा चुनावी सरगर्मी बढेको हो ।

चुनावी सरगर्मी बढेसँगै अहिले कैलालीका निर्वाचन क्षेत्रहरुमा दलहरु उम्मेदवार चयन गर्नतर्फ केन्द्रित छन् । नयाँ दलहरु नयाँ अनुहार खोज्ने सुरमा छन् भने पुराना दलहरु भने युवा पुस्ताले रुचाएका व्यक्तिलाई उम्मेदवारका रुपमा अघि सार्ने मनसायमा छन् ।

Galaxy

यहीबीच कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यको उम्मदेवारका लागि डा. प्रदीप मिश्रको चर्चा सुरु भएको छ ।

स्वास्थ्य क्षेत्रमा लामो समय योगदान दिएका डा. मिश्र सामाजिक कार्यमा पनि त्यत्तिकै सक्रिय छन् । त्यसैमाथि सामाजिक बेथितिसँग नजिकसँग परिचित मिश्रलाई उम्मेदवार बनाउने विषयमा नेपाली काँग्रेसभित्र पनि छलफल चलिरहेको काँग्रेसका जिल्लास्तरीय नेताहरुले बताएका छन् ।

अर्कोतर्फ मिश्र युवाहरुले पनि रुचाएका पात्र हुन् । आसन्न निर्वाचनमा उनलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रुपमा हेर्न चाहेको जेनजी युवाहरुले पनि बताएका छन् । हालै गरिएको सुक्ष्म सर्वेक्षणका क्रममा पनि मिश्रको पक्षमा युवाहरु सकारात्मक रहेको स्वयम नेपाली काँग्रेसकै एक नेताले बताएका छन् । उनले युवाको चाहना र क्षमताका आधारमा पनि यसपालि कैलाली क्षेत्र नम्बर ३ बाट मिश्रले प्रतिनिधि सभा सदस्यको निर्वाचन लड्ने सम्भावना बलियो रहेको ती नेताको भनाई छ ।

‘मिश्रजी लामो समयदेखि स्वास्थ्य क्षेत्रमा हुनुहुन्छ । उहाँ स्वास्थ्य क्षेत्रसँगै सामाजिक काममा पनि सक्रिय हुनुहुन्छ । यही कारण पनि उहाँले ग्राउन्ड लेबलका समस्यमा बुझ्नुभएको छ’, काँग्रेसकै एक नेताले भने, ‘परिपक्व पनि हुनुहुन्छ । युवाहरुले पनि रुचाएका छन् । यही कारण पनि उहाँको सम्भावना बलियो देख्छु ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार