मिसन फागुन २१ः काँग्रेसबाट कैलाली-५ को उम्मेदवार आरजु कि शाह ?

भक्तराज जोशी

धनगढी । प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै छ । फागुन २१ गतेका लागि मिति तय गरिएको निर्वाचन सफल बनाउन सरकारको तयारी तिव्र छ ।

सरकारसँगै राजनीतिक दलहरु पनि चुनावी रस्साकस्सीमा लागिसकेका छन् । खोलिएका नयाँ दलहरु पनि माहोल बनाउन लागि परेका छन् भने पुराना दलहरु माहोल बनाउनेसँगै उम्मेदवार छान्नेतर्फ केन्द्रित छन् ।

Galaxy

अझ स्पष्ट भन्दा एमाले, काँग्रेस, माओवादी लगायतका दलका नेताहरु आफ्नो उम्मेदवारी पक्का गर्न शीर्ष नेताहरु भेट्न थालिसकेका छन् ।

त्यसो त संघमा नेताहरु अझै पनि संसद् पुनर्स्थापना हुन्छ कि भनेर च्याँखे थापिरहेका छन् । तर मोफसलमा भने नेताहरु उम्मेदवारी घोषणा गर्दै गाउँगाउँमा आफ्नो सक्रियता बढाउन थालिसकेका छन् । यहीबीच चुनावी सरगर्मी बढेको कैलाली क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसका तर्फबाट देउवा पत्नी आरजु राणा देउवा र नर नारायण शाह (मनु शाह)को चर्चा सुरु भएको छ ।

२०७४ सालको निर्वाचनमा एमालेका नारदमुनी रानासँग पराजित भएकी आरजु फेरि पनि कैलाली क्षेत्र नम्बर ५ बाटै चुनाव लड्ने तयारीमा रहेको काँग्रेस नेताहरुको दाबी छ ।

तर कैलाली क्षेत्र नम्बर ५ मा कैलालीका पूर्व सभापति समेत रहेका काँग्रेसका प्रदेश महामन्त्री मनु शाहलाई उम्मेदवार बनाउने चर्चा पनि स्वयम् काँग्रेसभित्र चलेको छ । यद्यपि आरजुले नै चासो दिएको खण्डमा शाहको सम्भावना कम हुने काँग्रेस नेताकै दाबी छ । तर आरजुले ग्रिन सिग्नल दिए कैलाली क्षेत्र नम्बर ५ बाट शाह चुनाव लड्ने निश्चितप्राय छ ।

तथापि कैलाली क्षेत्र नम्बर ५ मा २०७९ सालमा चुनाव जितेका डिल्लीराज पन्त र पूर्व उपमेयर सुशीला मिश्र भट्टको नाम पनि चर्चामा छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार