भोलिदेखि धनगढीमा महोत्सव, अर्थमन्त्रीले उद्घाटन गर्ने

धनगढी । धनगढीमा महोत्सवको तयारी सकिएको छ । सुदूरपश्चिम महोत्सवको १९औँ संस्करणको तयारी सकिएको हो । महोत्सव मंसिर २२ गतेदेखि सुरु हुँदैछ ।

महोत्सव धनगढी उपमहानगरपालिका १ स्थित पशुपति टोलमा हुँदैछ । महोत्सवका लागि सबै तयारी सकिएको आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ ।

Galaxy

संघका अनुसार महोत्सवको उद्घाट अर्थमन्त्री रामेश्वर खनालले गर्नेछन् । त्यस्तै महोत्सव उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगाना, प्रदेश सरकारका मन्त्री, स्थानीय जनप्रतिनिधि र उद्योगीहरु सहभागी हुनेछन् ।

तीन करोड रुपैयाँ लगानी रहेको सुदूरपश्चिम महोत्सवको १९औँ संस्करण करिब सात लाख दर्शकले अवलोकन गर्ने र १५ करोडको कारोबार हुने अनुमान गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार