‘सहकारीले लुकाउँछन् मल, चिनेकालाई सुटुक्क दिन्छन्’

भक्तराज जोशी

धनगढी । सहकारी यसै बदनाम छन् । बचतकर्ताको बचत हिनामिना गरेर, मनपरी ऋण दिएर, जथाभावी लगानी गरेर, बचतको पैसाले निजी सम्पत्ति जोडेर बदनाम बनेका सहकारी अहिले मल लुकाएर थप बदनाम बनिरहेका छन् ।

मलको सिजन सुरु भइसक्दा पनि अहिले किसानहरु मल नपाएर हैरान छन् । रातभर सडकमै चिसो रात कटाएर लाइनमा बस्दा पनि मल नपाएका किसान झन्झन् मल अभावको समस्याले प्रताडित बनेका छन् । तर मल बाँड्ने ठेक्का पाएका सहकारीहरुले भने किसानलाई मल दिनुको साटो मलमा कालोबजारी गर्ने गरेको आरोप लाग्दै आएको छ ।

Galaxy

यता साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामाग्री कम्पनी लिमिटेडले किसानलाई मल बाँड्नु भन्दै कोटा अनुसार मल वितरण गरेको दाबी गर्दै आएका छन् ।

पर्याप्त मात्रामा मल नभए पनि आपूर्ति गरिएको मलको परिमाण अनुसार सहकारीलाई मल दिएको उनीहरुले दाबी छ । तर किसानहरुले भने सहकारीमा दुई रात लाइन बस्दा पनि मल नपाएको गुनासो गर्दै आएका छन् ।

अझ साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामाग्री कम्पनी लिमिटेडबाट मल पाएका सहकारीले मल लुकाएर मल अभावको नाटक गर्ने गरेको पनि किसानहरुले आरोप लगाएका छन ।

यतिसम्म की उनीहरुले आफूले चिनेका व्यक्तिहरु र सहकारीका ठूला सदस्यहरुलाई सुटुक्क मल दिने गरेको पनि किसानहरुको गुनासो छ । यसरी सहकारीहरुले अनुसार हेरेर मल वितरण गर्दा सामान्य किसानहरु मल पाउनबाट बञ्चित छन् । यसले किसानको चिन्ता झनै बढाएको छ भने मलमा राजनीति र कालोबजारी दुवै गर्नेहरु पल्किएका छन् । यसतर्फ पनि सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार