धनगढीमा रोकिएन भारतीय ट्याक्सीको ‘रजगज’, सुरक्षा चुनौति थपिँदा पनि प्रशासन कि मौन ?

भक्तराज जोशी

धनगढी । केही दिनअघि कल २४ न्यूजले ‘धनगढीमा भारतीय ट्याक्सीको रजगज’ शीर्षकमा समाचार सार्वजनिक गर्यो । समाचार सार्वजनिक भएपछि प्रशासनले केही चासो देखायो । कैलाली भन्सार कार्यालयका सूचना अधिकारी खिमप्रसाद आचार्यले भारतीय ट्याक्सी (पँहेलो नम्बर प्लेट भएका)हरु नेपालमै बास बिताउनु गैरकानूनी भएको भन्दै कारवाही गर्ने बताए ।

तर समाचार सार्वजनिक भएको र भन्सारका अधिकारीले ‘कारवाही गर्छौं’ भनेको झण्डै १५ दिन बितिसक्दा पनि न धनगढीमा भारतीय ट्याक्सीको रजगज घटेको छ, न त कसैलाई कारवाही नै भएको छ । बरु ‘प्रशासन नै मेरो गोजीमा छ’ भन्ने शैलीमा भारतीय ट्याक्सीको चहलपहल झनै बढेको छ ।

Galaxy

त्यसो त भारतीय ट्याक्सीहरु नेपालमै राती बास बस्न नपाउने कानूनमै उल्लेख छ । 

यद्यपि स्थानीय प्रशासन र भन्सारसँगको सहमतिमा यात्रुको सहजतालाई ध्यान दिँदै यात्रु छोड्न भारतीय ट्याक्सीहरु चौराहसम्म आउन छुट दिइएको छ । यात्रु छोडेर भारतीय ट्याक्सीहरु फर्किहाल्नुपर्छ । तर यात्रु छोडेर फर्किनुको साटो ती ट्याक्सीहरु धनगढीमा जग्गा भाडामा लिएर पार्किङ स्थल नै बनाई बस्ने गरेको पाइएको छ ।

यति मात्र होइन भारतीय नम्बर प्लेटका ट्याक्सीहरु आपराधिक गतिविधिमा समेत प्रयोग हुने गरेको भेटिएको छ । स्रोतले दिएको जानकारी अनुसार ती ट्याक्सीहरु हुन्डी कारोबार, अवैध सामान ओसारपसार लगायतका काममा प्रयोग गर्ने गरिएका छन् ।

यसरी खुलेयाम कानूनलाई नै चुनौति दिनेगरी धनगढीमा भारतीय ट्याक्सीको रजगज बढ्दा पनि प्रशासन, भन्सार र ट्राफिक प्रहरीको निष्क्रियताले थुप्रै प्रश्न उब्जाएको छ । अझ ‘भारतीय ट्याक्सी चालकबाट ट्राफिक प्रहरीले घुस लिन्छन्’ भन्नेसम्मका आरोप पनि लाग्दै आएको छ । यसले नियमनकारी निकायमाथि प्रश्न त उठाएको छ नै, सँगै सुरक्षा चुनौति पनि थपिरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार