धनगढीमा भारतीय ट्याक्सीको रजगज (भाग २): नेपालमै रात बिताउनु गैरकानूनी, भन्सार भन्छ- ‘कारवाही गर्छौं’

भक्तराज जोशी

धनगढी । धनगढीमा अहिले भारतीय ट्याक्सीको रजगज छ । स्थानीय तह र प्रशासनको सहमतिको गलत व्याख्या गर्दै भारतीय पहेँलो नम्बर प्लेटका ट्याक्सीहरु नेपालमा आउने र अवैध रुपमा यतै बास बस्ने गरेका छन् । 

धनगढीको चौराहामा छुट्टै जग्गा पार्किङमा लिएर भारतीय ट्याक्सीहरु पार्किङ गरेर राखिन्छन् ।

Galaxy

यतिसम्म कि राती नेपालमै बास बस्ने ट्याक्सीहरु अवैध गतिविधिमा समेत प्रयोग हुनेगरेको स्रोतको दाबी छ । स्रोतका अनुसार यी ट्याक्सी अवैध रुपमा सामान ओसारपोसार गर्न, हुन्डिको कारोबार गर्न तथा अन्य आपराधिक गतिविधिका लागि प्रयोग गर्ने गरेको भेटिएको छ ।

तर स्थानीय प्रशासन भने उक्त गतिविधिबारे बेखबर थियो । धनगढीमा भारतीय ट्याक्सीको रजगजबारे कल २४ न्युजले समाचार सार्वजनिक गरेपछि अहिले भन्सार कार्यालय र स्थानीय प्रशासनले त्यसतर्फ चासो देखाएका छन् । 

कल २४ न्युजसँग कुराकानी गर्दै कैलाली भन्सार कार्यालयका सूचना अधिकारी खिमप्रसाद आचार्यले भारतीय पहेँलो नम्बर प्लेटका ट्याक्सीलाई यात्रु छोड्न आउन छुट दिए पनि राती बास बस्ने छुट भने नदिएको बताएका छन् । उनले भारतीय पहेँलो नम्बर प्लेटका ट्याक्सी नेपालमै रात बिताउनु गैरकानूनी रहेको बताएका छन् । 

तर धनगढीमा पार्किङका लागि जग्गा नै भाडामा लिएर बसेको जानकारी आफूहरुलाई नभएको अर्यालको भनाई छ । उनले त्यसतर्फ निगरानी गर्ने र आवश्यक कारवाही अगाडि बढाउने पनि बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार