काठमाडौं । नेपालको अग्रणी शैक्षिक परामर्शदातामध्ये एक, एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस नेपाल प्रिमियर लिग (NPL) को आधिकारिक शैक्षिक साझेदार बन्ने भएको छ। नेपाल क्रिकेट संघ (CAN) र एक्सपर्ट एजुकेशनबीच यस सम्बन्धमा सम्झौता सम्पन्न भएको हो।
यो साझेदारीका माध्यमबाट एक्सपर्ट एजुकेशनले नेपालका क्रिकेट खेलाडी तथा प्रतिभावान युवाहरुलाई अष्ट्रेलिया, युके, क्यानडा र अमेरिकाजस्ता मुलुकमा उच्च शिक्षा अध्ययनका अवसरहरू प्रदान गर्न सहयोग गर्नेछ। हाल विश्वका २५ भन्दा बढी देशमा ९० भन्दा बढी शाखामार्फत सेवा दिँदै आएको एक्सपर्ट एजुकेशनले नेपालमा पनि शैक्षिक परामर्शका क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ।
नेपाल प्रिमियर लिगलाई शैक्षिक साझेदारीमार्फत समर्थन गर्दै एक्सपर्ट एजुकेशनले क्रिकेट खेल र शिक्षाबीचको सम्बन्धलाई अझ मजबुत बनाउने लक्ष्य लिएको जनाएको छ। यस साझेदारीबाट युवा खेलाडीहरूमा शिक्षा र खेल दुवै क्षेत्रमा उत्कृष्टता हासिल गर्ने प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।
नेपाल क्रिकेटका पूर्व कप्तान तथा वर्तमान नेपाल प्रिमियर लिगका प्रमुख सल्लाहकारहरूले पनि यस सम्झौतालाई नेपाली क्रिकेटको भविष्यका लागि सकारात्मक कदमका रूपमा स्वागत गरेका छन्।


			
					
					
					
					
					

                    
                    
                    
                    
                    
                    
प्रतिक्रिया दिनुहोस्