फरक प्रेसले समाचार हटाउदैं व्यवसायी खड्कासँग माग्यो क्षमायाचना

कैलाली – अत्तरियाका व्यवसायी ज्ञानेन्द्र खड्कामाथि प्रमाणबिहीन समाचार प्रकाशित गरेको आरोपमा प्रेस काउन्सिल नेपालले फरक प्रेस डटकमलाई कारबाही गरेको छ।

काउन्सिलले प्रारम्भिक अध्ययनपछि सो वेबसाइट दर्ता नभएको र समाचार प्रमाणबिहीन रहेको ठहर गर्दै तत्काल समाचार हटाउन निर्देशन दिएको हो।

Galaxy

फरक प्रेसले केही दिनअघि ‘डीआईजीसँग बिचौलिया चोरसँग सँगत’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो। सो समाचारप्रति असन्तुष्टि जनाउँदै व्यवसायी खड्काले प्रेस काउन्सिलमा औपचारिक उजुरी दर्ता गरेका थिए।

काउन्सिलको पत्रमा उल्लेख छ “दर्ता नभएको मिडियाबाट प्रकाशित समाचार एकपक्षीय देखिएको छ। अब दर्ता नगरी यस्ता समाचार लेख्दा पुनः गुनासो आए कारबाही गरिनेछ।”

काउन्सिलको निर्देशनपछि फरक प्रेसले उक्त समाचार भूलसुधारसहित हटाउँदै क्षमायाचना गरेको छ। मिडियाले “सुदूरपश्चिमका डीआईजी ‘विचौलिया’सँग घुमघाममा” शीर्षकमा प्रकाशित समाचार हटाउँदै लेखेको छ “उक्त समाचारले सम्बन्धित पक्षमा परेको असरप्रति हामी क्षमाप्रार्थी छौं। पेशागत व्यवसायिकता बाहेक सम्बन्धित व्यक्तिसँग कुनै पूर्वाग्रहपूर्ण धारणा छैन।”

व्यवसायी ज्ञानेन्द्र खड्का लामो समयदेखि व्यापारसँगै सामाजिक तथा सांस्कृतिक क्षेत्रमा सक्रिय व्यक्ति हुन्। उनले विद्यालय, धार्मिक स्थल र विपन्न परिवारलाई सहयोग गर्दै आएका छन्। केही महिनाअघि प्रहरीसँगको सामान्य विवादका कारण नियन्त्रणमा परे पनि उनी निर्दोष प्रमाणित हुँदै मुक्त भएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार