निर्वाचन आयोगमा नेकपा दर्ता गराउँदै विप्लब, कट्टेल नजीरले ब्युँतिएका थिए एमाले र माओवादी

काठमाडौं– नेत्र विक्रम चन्द विप्लवले निर्वाचन आयोगमा मंगलबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता गराउने भएका छन्। 

विप्लवकै नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी दर्ताका लागि आज मंगलबार उक्त पार्टीका नेताहरू निर्वाचन आयोग उपस्थित हुने क्रममा छन्। 

उनीहरुले पार्टीको नाम नेकपा राख्दा एउटा नजीरले समस्या पर्ने सम्भावना रहेको छ। तत्कालिन अवस्थामा एमाले र माओवादी एकीकरण गरी नेकपा दर्ता भए पनि सर्वोच्च अदालतले त्यसलाई खारेज गरेको थियो।

अदालतले खारेज मात्र नगरेर एमाले र माओवादीलाई पूर्ववत अवस्थामा ब्युँताएको पनि थियो। नेकपा आयोगमा ऋषिराम कट्टेलका नाममा दर्ता रहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार