थप चार मन्त्रीको शपथ आज, मन्त्री बन्न लागेकाहरू को कस्ता ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज आइतबार) मन्त्रिपरिषद् विस्तार गर्न लागेकी छिन् । उनले गणपतिलाल श्रेष्ठ, डा. सुधा गौतम, बब्लु गुप्ता र खगेन्द्र सुनारलाई मन्त्री बनाउन लागेकी हुन् ।

स्रोतका अनुसार, श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री, गुप्तालाई युवा तथा खेलकुद मन्त्री र सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री नियुक्त गर्न लागेकी हुन् ।

Galaxy

उनीहरू चारै जनाको नामावली प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेको स्रोतले बतायो । उनीहरू चारै जनालाई आजै शपथ खुवाउने कार्यक्रम रहेको छ । 

संस्कृति मन्त्री बन्न लागेका श्रेष्ठ लामो समयदेखि काठमाडौं उपत्यकालगायत सांस्कृतिक क्षेत्रको मौलिक सम्पदाको संरक्षण, संवर्द्धन र जगेर्ना अभियानमा क्रियाशील व्यक्ति हुन् । उनले रानीपोखरी, वसन्तपुर दरबार क्षेत्रलगायतका सम्पदा संरक्षणमा सह्रानीय भूमिका निर्वाह गरेका छन् । सम्पदा संरक्षण अभियानबारे श्रेष्ठले विश्वचर्चित अक्सफोर्ड युनिभर्सिटीमा गएर समेत प्रस्तुति दिइसकेका छन् ।

स्वास्थ्यमन्त्री बन्न लागेकी गौतम पूर्वस्वास्थ्य सचिव हुन् । उनी स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् । उनले ‘सिंहदरबारको घुम्ने मेच’ र ‘अप्रमेय’ पुस्तक समेत लेखेकी छन् ।

बब्लु गुप्ता परोपकारी संस्था १०० ग्रुपका संस्थापक हुन् । सामाजिक कार्यक्रममा उनले कोभिडकालमा निःशुल्क खाना अभियान चलाएका थिए । कोभिड महामारीअघि बब्लुले विपन्न र आर्थिक अवस्था कमजोर भएका मानिसका लागि कपडा बैंक अभियान चलाएका थिए । ‘हन्ड्रेड ग्रुप’ मार्फत विद्यार्थीहरूलाई पढाइरहेका उनी बिरामीका लागि आवश्यक रगत खोजिदिने सारथिसमेत हुन् ।

सुनार दलित अधिकारको आवाज उठाउने अभियन्ता हुन् । उनले संवैधानिक पद र राजनीतिक नियुक्तिमा दलित प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गर्दै नेल लगाएर काठमाडौंमा प्रदर्शन गरेका थिए । दलित अधिकारको पक्षमा यसअघि पनि पटक–पटक धर्ना, प्रदर्शन र आन्दोलनमा सहभागी भएका उनी २०७७ साल जेठ ११ गते रुकुम पश्चिममा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या लगत्तै खगेन्द्रले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको गेटमा भोकै सुतेर आन्दोलन गरेका थिए । उनले यो मुद्दाको सुनुवाइ चलिरहेका बेला जिल्ला अदालत रुकुमपश्चिमको गेटमा १० दिनसम्म धर्ना दिएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार