कैलालीमा डडेल्धुराका ऐरमाथि आक्रमण : ‘कोब्रा सरकार’का ११ जना पक्राउ

धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ स्थित शुभम होटलमा डडेल्धुराका गौरव ऐरमाथि चक्कु प्रहार गर्ने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त टोलीले भारततर्फ भाग्दै गरेका उनीहरूलाई गएराति सीमा नजिकैबाट नियन्त्रणमा लिएको हो।

SHIKHAR COOL TECH

पक्राउ परेकामध्ये धनगढी उपमहानगरपालिका–२ का सन्नी नेपाली समूहका नेतृत्वकर्ता रहेको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका सन्नी नेपाली ‘कोब्रा सरकार’ नामक ग्याङका प्रमुख हुन्। सोही समूहका सदस्यहरूले गत वर्ष फागुनमा अत्तरियामा विद्युत प्राधिकरणका कर्मचारीमाथि समेत दिनदहाडै खुकुरी प्रहार गरेका थिए।

त्यस घटनामा अत्तरियास्थित नो–लाइट शाखाका कर्मचारी सुन्दरलाल चौधरी घाइते भएका थिए। चौधरीले दिएको जाहेरीका आधारमा सन्नी नेपाली प्रहरीको फरार सूचीमा परेका थिए भने अर्को सदस्य प्रविन शाही त्यतिबेला पक्राउ परेका थिए।

फरार अवस्थामा रहेका उनीहरूले फेरि गोदावरीमा हतियार प्रहारको दोस्रो घटना घटाएको प्रहरीको भनाइ छ।

घटनामा संलग्न सबैलाई प्रहरीले हिरासतमा राखी थप अनुसन्धान अघि बढाएको जनाएको छ। अहिले उनीहरूविरुद्ध जाहेरी आइरहेको पनि प्रहरीले जनाएको छ।

डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ का ३२ वर्षीय गौरव ऐरमाथि आइतबार राति शुभम होटलमा धारिलो हतियार प्रहार गरिएको थियो। गम्भीर घाइते भएका ऐरलाई उपचारका लागि भारत लगिएको र हाल भारतमै उनको उपचार जारी रहेको बताइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

10%

खुसी

55%

दु :खी

10%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार