सुनको मूल्य हालसम्मकै उच्च, एकतोलाको २ लाख ३९ हजार नाघ्यो

काठमाडौं :  नेपाली बजारमा एक तोला सुनको मूल्य २ लाख ३९ हजार नाघेको छ। बुधबार २६ सयले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको सुनको मूल्य आज १२ सय रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १२ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ३९ हजार २०० पुगेको हो। यो हालसम्मकै उच्च मूल्य हो। बुधबार एक तोला सुन २ लाख ३८ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।

Galaxy

यसैगरी सुनको मूल्यले कीर्तिमानी बनाएसँगै चाँदीको भाउ पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। महासंघका अनुसार आज एक तोला चाँदीको मूल्य ३ हजार २५ रुपैयाँ पुगेको छ। बुधबार सोही परिमाणको चाँदी २ हजार ९५५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार