चुनावको वातावरण बनाउन नागरिक अगुवाको अपिल

काठमाण्डौ।राजनीतिक दल र जेन-जी आन्दोलनकारी समूहलाई विश्वासमा लिएर आगामी चुनावको वातावरण बनाउन ३० जना नागरिक अगुवाले सरकारलाई अपिल गरेका छन्।


प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई सम्बोधन गरिएको उक्त अपिलमा सबै पक्षसँग संवाद गरी स्थिर राजनीतिक वातावरण बनाउन आग्रह गरिएको छ।

अपिलमा झलक सुवेदी, लोकराज बराल, विद्याधर मल्लिक, कृष्ण खनाल, केदारभक्त माथेमा, तारानाथ दाहाल, संगीता लामा, तुलानारायण शाह, गेजा शर्मा वाग्ले, युग पाठकलगायतको नाम समावेश छ।

उनीहरूले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र निर्धारित मिति फागुन २१ मा नै चुनाव सम्पन्न गर्नु सरकारको राष्ट्रिय दायित्व भएको उल्लेख गरेका छन्।

साथै, सुरक्षा निकायको मनोबल उच्च राखी शान्ति–सुव्यवस्था कायम गर्न र राजनीतिक दलहरूलाई चुनावमा सहभागी हुन पनि आग्रह गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार