जानौं विमानमा यात्रा गर्दा  ध्यान दिनुपर्ने कुराहरु

धनगढी : विमानमा यात्रा गर्दा हामीहरुले विशेष ध्यान पुर्‍याउनुपर्दछ । विमानभित्रको वातावरण बाहिरी संसारभन्दा बिल्कुल फरक हुन्छ । जहाँ हावा सुख्खा हुन्छ, तापक्रम बारम्बार परिवर्तन हुन्छ र सिटहरूबीचको ठाउँ पनि सिमित हुन्छ। यस्तो अवस्थामा गलत कपडा लगाउँदा यात्रा असहज र थकाइपूर्ण हुन सक्छ।

विमानमा यात्रा गर्दा स्टाइलिश देखिनु भन्दा बढी महत्त्वपूर्ण कुरा सुरक्षा र आरामलाई ध्यान दिनुपर्दछ । तपाईं पहिलोपटक विमान यात्रा गर्दै हुनुहुन्छ भने अझै बढी सावधानी अपनाउनु जरुरी हुन्छ।

Galaxy

तपाईंको पहिरन त्यस्तो हुनुपर्छ, जसले लामो बसाइँमा पनि सहजता दिओस् र आकस्मिक अवस्थाहरूमा पनि उपयोगी बनोस् । यो पोष्टमा हामी तपाईंलाई  विमानमा यात्रा गर्दा कुन–कुन कुरामा ध्यान दिनुपर्छ र के–के लगाउनु हुँदैन भन्नेबारेमा जानकारी दिन्छौं ।

१. खुला स्यान्डल वा चप्पल नलगाउनुहोस्
विमानको फर्श (भुईं) विशेषगरी बाथरूमको भाग, कहिलेकाहीँ फोहर हुन सक्छ। खुला चप्पल वा स्यान्डल लगाउँदा ब्याक्टेरिया वा फंगल संक्रमणको जोखिम हुन्छ। आकस्मिक अवस्थामा पाइलामा सपोर्ट नहुँदा चोट लाग्ने सम्भावना पनि बढी हुन्छ। यस्तो बेला तपाईं आरामदायक स्निकर्स वा जुत्ता लगाउनुहोस् जसले पाउलाई राम्रोसँग ढाक्छ र सपोर्ट दिन्छ।

२. टाइट जिन्स वा कडा कपडाका प्यान्ट नलगाउनुहोस्
टाइट कपडाले रगतको सञ्चारलाई असर पुर्‍याउँछ। लामो समय एउटै अवस्थामा बस्दा डीप भेन थ्रोम्बोसिस (डीभीटी) को जोखिम हुन्छ । यो गम्भीर समस्या हो जसमा नसामा ब्लड क्लट बन्ने खतरा रहन्छ। लुज–फिटिङ ट्र्याक प्यान्ट, योगा प्यान्ट वा ड्रस्ट्रिङ ट्राउजर लगाउनुहोस्।

३. भारी गहना नलगाउनुहोस्
सेक्युरिटी चेकमा मेटल डिटेक्टर बारम्बार बज्ने हुँदा असहजता हुन्छ र समय पनि खेर जान्छ। साथै, गहना हराउने वा चोरी हुने जोखिम पनि रहन्छ। यस्तोबेला नन-मेटल ज्वेलरी मात्र लगाउनुहोस्।

४. सिंथेटिक कपडा नलगाउनुहोस्
विमानभित्र हावाको सर्कुलेशन कम हुने भएकाले नन-ब्रिदेबल कपडामा पसीना सुक्दैन र छालामा इरिटेशन वा संक्रमण हुन सक्छ। कटन वा लिनेनका हल्का कपडा लगाउनुहोस्।

 ५. तीव्र सुगन्ध भएका परफ्यूम वा डियो प्रयोग नगर्नुहोस्
केबिनमा हावाको आवतजावत सीमित हुने भएकाले तेज सुगन्ध अरूका लागि असहज हुन सक्छ। यसले एलर्जी, टाउको दुखाइका  समस्या बढाउन सक्छ। बिना सुगन्ध वा माइल्ड प्राकृतिक डियो प्रयोग गर्नुहोस्।

६. धेरै मेकअप नगर्नुहोस्
विमानभित्रको हावा सुख्खा हुने भएकाले स्किन पहिले नै डिहाइड्रेट हुन्छ। धेरै मेकअपले पिम्पल्स वा ड्राइनेस हुन सक्छ। मोइस्चराइजर र सनस्क्रिन प्रयोग गर्नुहोस् ।

७. सर्ट्स वा स्लीभलेस टप्स नलगाउनुहोस्
फ्लाइटमा तापक्रम साधारणतया २२°C भन्दा कम हुन्छ। यसले छाला सुख्खा वा चिसो पार्न सक्छ। सिटहरू धेरैले प्रयोग गर्ने भएकाले छालामा सिधा सम्पर्क हुँदा संक्रमणको जोखिम पनि रहन्छ। फुल-स्लीभ टप्स र हल्का ज्याकेट साथमा राख्नुहोस्।

दैनिक भास्करबाट

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार