काठमाडौं : नेकपा (एमाले) को सचिवालय बैठक बसिरहँदा पार्टीसम्बद्ध अघि एमाले देशभरीका युवा नेताहरुले पदाधिकारीहरूलाई म्यासेजको अभियान चलाएका छन् ।
‘परिर्वतनका लागि युवा समूह’को नाममा उनीहरूले अब एमालेसामु दुईवटा विकल्प रहेको उल्लेख गर्दै कम्युनिष्ट आन्दोलन र देशलाई संकटमा लैजान नहुने बताएका हुन् । सबै पदाधिकारीहरुलाई म्यासेज गरिएको निराजन पौडेलले बताए ।
अखिलका पूर्व सचिव समेत रहेका युवा नेता दिपेश पछाईका अनुसार उनीले म्यासेजमा भनेका छन्, ‘हामी कम्युनिष्ट आन्दोलनको नयाँ घुम्तीमा उभिएका छौं । अब एमालेसँग दुई विकल्प छ, ‘कि सच्चिने, कि त सक्किने ?’ एमाले सक्कियो भने कम्युनिष्ट आन्दोलन पनि सक्किने बाटोमा जानेछ । देश संकटमा पर्नेछ । एमालेको वर्तमान नेतृत्वबाट एमाले, कम्युनिष्ट आन्दोलन र देशको रक्षा सम्भव छैन । हामीलाई गहिरो विश्वास छ, ‘गलत नेतृत्वको रक्षा गरेर कम्युनिष्ट आन्दोलन र देशलाई संकटमा लैजानु हुने छैन ।’ त्यसैले पार्टीको सबै संरचनामा रूपान्तरण र पुनर्गठन । निर्णय आजै गर्नुहोला । नयाँ सन्देश प्रवाह गर्नुहोला । हामी पुनर्गठन सन्देश बोकेर दशैंमा गाउँ जानेछौं ।’
भदौ २३ को जेनजी विद्रोहपछि पहिलो पटक नेकपा (एमाले)को सचिवालय बैठक जारी छ । सचिवालय बैठकमा जेनजी युवा आन्दोलन, आन्दोलनमा भएको जनधनको क्षति, केपी शर्मा ओलीले नेतृत्व गरेको तत्कालीन सरकारको भूमिका, पार्टीले अवलम्बन गर्ने अबको बाटो लगायतका विषयमा छलफल हुने बताइएको छ ।
तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको दिन एक विज्ञप्ति निकालेर जेनजी युवा आन्दोलनमा ताकीताकी गोली हान्ने आदेश नदिइएको र प्रहरीले प्रयोग गर्ने भन्दा बाहेकका हतियारबाट गोली चलेको दाबी गरेका थिए ।
ओलीले ५ मिनेट मात्रै ढिला भएको भए प्रर्दशनकारीहरुले आफूलाई मार्ने बताएका थिए। ओलीलाई २४ गतेको विद्रोहमा सैनिक हेलिकोप्टरबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट भगाएर सैनिक ब्यारेक शिवपुरि लगिएको थियो ।
ओलीले भनेका छन्, ‘५ मिनेट मात्रै ढिला गरेको भए मलाई चहिँ मार्ने नै थिए । शेरबहादुरजीलाई घाइते बनायो, मलाई चहिँ मार्ने नै थिए । मैले आफ्नो तयारी गर्न पाइँन । मलाई सेक्युरीटिमा अलिकति भरोषा भयो । सेक्युरीटिले हामीले केही गर्न सक्दैनौं भन्यो । अन्तिममा सेनाले भगाईसम्म दियो ।’
प्रधानमन्त्रीले राजीनामा नदिए सेनाले रेस्क्यु गर्न नसक्ने बताएपछि ओलीले २४ गते दिउँसो २ बजे राजिनामा दिएका थिए ।राजीनामालगत्तै ओली, उनकी पत्नी राधिका शाक्य र मुख्य सल्लाहकार विष्णु रिमाललाई सेनाले दिउँसो ०२:३० बजे हेलिकोप्टरमा शिवपुरीस्थित स्टाफ कलेजको ब्यारेकमा लगेको थियो ।
बालुवाटारमै रहेका उपप्रधानमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीलाई भने माथिको आदेश भन्दै त्यहीँ छोडेको थियो । उनीहरू प्रहरीको सहयोगमा प्रहरी प्रधान कार्यालय पुगेर सुरक्षित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्