दूरपश्चिमका मुख्यमन्त्रीद्वारा गोदावरी नगरपालिकाको अवलोकन, खर्च कटौती गर्न सुझाव

धनगढी :  सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले गोदावरी नगरपालिकाको अवलोकन गरेका छन् । मुख्यमन्त्री शाहले भदौ २४ गते जेन जी आन्दोलनका क्रममा आगजनी र तोडफोड गरिएको क्षतिको अवलोकन गरेका हुन ।

उनले नगरपालिकामा भएको क्षतिको बारेमा जानकारी लिँदै अहिलेको विषमा परिस्थितिमा अनावश्यक खर्च कटौती गरेर काम नियमित काम सुचारु गर्न आग्रह गरे । उनले प्रदेश सरकारले पनि खर्च कटौती गरेर पुनर्निर्माण काम गरिरहेको बताउँदै स्थानीय तहले पनि अनावश्यक खर्च कटौती गर्न आवश्यक रहेको बताए । उनले पालिकालाई संघ र प्रदेशले पनि सहयोग गर्ने विषयमा छलफल भएको बताउँदै दसैँ पछि त्यसमा आवश्यक निर्णय गरिने बताए ।

Galaxy

गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले मुख्यमन्त्रीको आवागमनले काम गर्ने मनोबल बढेको बताए । उनले गोदावरी नगरपालिकाले हाल नागरिकबाट सहयोग पाइरहेको बताउँदै नगरपालिका पुनर्निर्माण लागि पालिकाबाट निर्णय गरेर डेढ करोड खर्च कटौती गरिएको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार