जेन्जी आन्दोलनमा सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा करिब १० करोडको सामान ध्वस्त 

धनगढी : भदौ २४ गतेको जेन्जी आन्दोलनमा सुदूरपश्चिमको  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सबैभन्दा बढी क्षति भएको छ। जेन्जी आन्दोलनमा मुख्यमन्त्री कार्यालयको ९ करोड ७४ लाखको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। भवनमा भएको क्षतिको आकलन भने अझै गरिएको छैन।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भित्रको सबै सामान जलेर ध्वस्त भएको छ। आन्दोलनमा मुख्यमन्त्रीले चढ्ने दुई करोड ५० लाख मूल्यको ल्याण्डक्रुजर गाडीसहित ७ वटा जिप र १६ मोटरसाइकल ध्वस्त भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

Galaxy

मुख्यमन्त्री कार्यालयको तीन तले भवनको सम्पूर्ण सामान जलेको छ भने मुख्यमन्त्रीको कार्यकक्ष, मन्त्रिपरिषद बैठक बस्ने हल र सभा कक्ष जलेर ध्वस्त भएको छ।

मुख्यमन्त्री कार्यालयको सबै ल्यापटप, कम्प्युटर, सोफा, एसी दराज लगायतका जिन्सी सामग्री जलेर नष्ट भएको सूचना अधिकारी जगदीश जोशीले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार