काठमाण्डौं महानगरद्वारा बैतडीको सिगास गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण

बैतडी : काठमाण्डौं महानगरपालिकाले बैतडीको सिगास गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ।एम्बुलेन्स नभएका दुर्गम पालिकालाई उपलब्ध गराउने महानगरको नीतिअनुसार सिगासले यो सुविधा पाएको हो।

सिगाससहित देशभरका ३५ दुर्गम पालिकालाई महानगरले एम्बुलेन्स हस्तान्तरण गरेको छ।प्राप्त एम्बुलेन्स सिगास गाउँपालिकाको शिवलिङ्ग स्वास्थ्यचौकीमार्फत सञ्चालन गरिने स्वास्थ्य शाखा प्रमुख घनश्याम बोहराले जानकारी दिए।

Galaxy

महानगरले उपलब्ध गराएको एम्बुलेन्स गाउँपालिका उपाध्यक्ष धाना धामी र स्वास्थ्य शाखा प्रमुख बोहराले ग्रहण गर्नुभएको थियो।बोहराका अनुसार यसअघि एम्बुलेन्स नहुँदा समस्या झेल्दै आएको सिगासमा अब आकस्मिक स्वास्थ्य सेवामा सहज हुने भएको छ।

सिगास गाउँपालिकाले स्वयं पनि अर्को एम्बुलेन्स खरिद प्रक्रिया अघि बढाइसकेको छ।चालु आर्थिक वर्षभित्रै गाँजरी स्वास्थ्यचौकीमार्फत सञ्चालन गर्ने गरी खरिद कार्य सम्पन्न गर्ने योजना रहेको बोहराले बताए।

गाउँपालिकाका सबै वडामा कच्ची सडक पुगेकाले बिरामीलाई अब सहजै एम्बुलेन्स सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार