नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

काठमाडौँ : नेपाल क्रिकेट संघ क्यानले नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ । क्यानले सोमबार साँझ नयाँ जर्सी सार्वजनिक गरेको हो । जर्सीमा पहिलेको भन्दा केही कुराहरूमा परिमार्जन गरिएको छ ।

नयाँ जर्सीमा गाढा निलो र रातो रङको प्रयोग भएको छ । त्यस्तै एकतर्फको काँधमा नेपालको झण्डाको चन्द्र र अर्कोतर्फको काँधमा सूर्य अंकित छ । त्यस्तै जर्सी स्पोन्सर नासा सेक्युरिटिजको लोगो जर्सीको बीच भागमा कायम छ । जर्सीको तल्लो भागमा सगरमाथाको संकेत गर्ने चित्र पनि समावेश छ ।

Galaxy

यसअघि नेपालको नाम लेख्दा पहेँलो रङको प्रयोग भएकोमा नयाँ जर्सीमा सेतो रङकै प्रयोग भएको छ । नेपाली क्रिकेट टोली पनि वेस्ट इन्डिजसँगको शृङ्खला खेल्न आजै बेलुकी युएई प्रस्थान गरेको छ । नेपालले वेस्ट इन्डिजसँग ३ खेलको टी(२०आई शृङ्खला खेल्दै छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार