धनगढीको फूल बिक्री केन्द्रमा थोक मूल्यमै उपभोक्ताले फूल पाउने

धनगढी : धनगढीमा थोक मूल्यमै उपभोक्ताले फूल पाउने भएका छन्। धनगढीका करिब १७ जना किसानले उत्पादन गरेको सयपत्रीलगायतका फूल सुपथ मूल्यमा उपलब्ध छन्।

धनगढी उपमहानगरपालिका परिसर अर्थात् वनदेवी मन्दिरको उत्तरतर्फ सडक छेउकै फूल बिक्री केन्द्र रहेको छ। धनगढी उपहानगरपालिकाले फूल बिक्री केन्द्र चलाउन किसानहरूलाई निःशुल्क भवन उपलब्ध गराएको छ। उक्त भवनमा उपमहानगरपालिका र प्रदेशको कृषि विकास निर्देशनालयको आर्थिक सहयोगमा कोल्ड च्याम्बर समेत बनाइएको छ।

Galaxy

धनगढी उपमहानगपालिका क्षेत्रभित्र पुष्प व्यवसाय गर्ने करिब १७ जना किसानले उत्पादन गरेको फूल बिक्री केन्द्रमा राखिने केन्द्रका सञ्चालक पुष्कर बिष्टले बताए। फूल बिक्री केन्द्रमा प्रति किलोग्राम ३५० रुपैयाँका दरले सयपत्री बिक्री भइरहेको उनले बताए। ‘हामीलाई धनगढी उपमहानगरपालिकाले सुरूमा फूल उत्पादन गर्ने तालिम दियो। त्यसपछि सजावट सम्बन्धी तालिम दियो भने भर्खरै कट फ्लावर उत्पादन सम्बन्धी तालिक दिएको छ। किसानले उत्पादन गरेको फूल पालैपालो बिक्री केन्द्रमा ल्याउने गरेका छौँ,’ उनले भने, ‘माला ८० रुपैयाँमा बिक्री भइरहेको छ भने ३५० रूपैयाँ प्रति किलोग्रामका दरले सयपत्री फूल बिक्री भइरहेको छ।’

दसैं र तिहारमा मात्रै नभएर १२ महिना नै धनगढीको फूल बिक्री केन्द्रमा उपभोक्ताले खोजेको फूल, माला तथा बुके पाइने गरेको सञ्चालक बिष्टले बताए। उनले वरमाला, दुबोको माला, गुलाफ लगयातका फूल समेत उपलब्ध रहेको बताए। फूल बिक्री केन्द्रमा विवाहको गाडी सजाउनेदेखि मण्डप र विभिन्न कार्यक्रमका मञ्च सजाउने सेवासमेत दिने गरेको बिष्टले बताए।

धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० मै प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाएको हो। जसका कारण प्लास्टिकजन्य फूलको प्रयोगमा रोक लागेपछि स्थानीय किसानको फूलले बजार पाउन सहज भएको तीन वर्षदेखि धनगढी-६ मटियारीमा फूल खेतीसमेत गर्दै आएका पुष्कर बिष्टले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार