नेपाली क्रिकेट खेलाडीले भिसा पाए, भोली युएई जाने क्यानद्वारा पुष्टि

काठमाडौं : यूएईले आसन्न नेपाल र वेस्ट इन्डिजको क्रिकेट सिरिजका लागि नेपाली खेलाडीहरूलाई भिसा दिएको छ । नेपाल क्रिकेट संघ क्यान ले इमरेट्स क्रिकेट बोर्डमार्फत गरेको पहलमा यूएईले भिसा दिएको हो ।

 शुक्रबार नेपाली क्रिकेट टीम यूएई प्रस्थान गर्ने तालिका भए पनि भिसा नआएकाले रोकिएका थिए ।नियमित प्रक्रियाबाट भिसा नआएपछि क्यानले इमरेट्स क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीमा समेत पहल गरेको थियो । यूएईको बोर्डबाट भिसा प्राप्त  भएकाे क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

Galaxy

नेपालि क्रिकेट टिमका म्यानेजर विनोद दासले टोली सोमबार युएई प्रस्थान गर्ने तयारी भएको जानकारी दिए।  वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि क्यानले शारजाह क्रिकेट रंगशाला बुक गरेर टिकट बिक्री गर्न थालिसकेको छ । अस्तिबाट अनलाइनमार्फत टिकट बुकिङ खुला गरिएको हो ।

नेपालले २७, २९ र ३० सेप्टेम्बरमा तीनवटा टी २० म्याच वेस्ट इन्डिजसँग खेल्नेछ । प्रतियोगिताको सबै खर्च र व्यवस्थापन नेपाल क्रिकेट संघको हुनेछ ।

552516951_675851648877043_7146269821758575489_n-1758441250.jpg

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार