धनगढी : धनगढीको जेन्जी मार्गमा हरेक शनिवार भजन किर्तन हुने भएको छ। धनगढीका युवाहरूले आजदेखि हरेक शनिवार साँझ भजन किर्तन गर्ने भएका हुन्।
धनगढी उपमहानगरपालिकाले भर्खरै भएको जेन्जी आन्दोलनको सम्मानमा पार्क चोकदेखि कभर्डहल सडकलाई जेन्जी मार्ग नामाकरण गरेको थियो।
उक्त मार्गमा अबदेखि हरेक शनिवार साँझ भजन किर्तन हुने भएको हो। युवाहरूमा सकारात्मक विचार जगाउन सातामा एक दिन शनिवार भजन किर्तन गर्ने युवाहरूले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्