काठमाडौँ-धनगढी हवाइ भाडा ह्वात्तै बढ्यो

धनगढी।काठमाडौँ-धनगढी रुटमा हवाइ भाडा असामान्य रूपमा बढेको छ।केही दिनयता विमान कम्पनीहरूले न्यूनतम मूल्यका टिकट उपलब्ध गराउन छाडेर अधिकतम मूल्यमै बिक्री गर्न थालेपछि यात्रु मारमा परेका छन्।


सामान्यतया साढे ७ हजार रुपैयाँसम्म पाइने टिकट अहिले न्यूनतम १२ हजार रुपैयाँभन्दा कममा उपलब्ध छैन।शुक्रबार भोलिका लागि अनलाइन बुकिङ प्रणालीमा काठमाडौँ-धनगढी उडानमा १४ हजार ३ सय रुपैयाँमा सीमित सिट देखिएको छ भने अधिकांश टिकट १६ हजार ७८९ रुपैयाँमा बिक्रीमा छन्।

Galaxy

धनगढी–काठमाडौँ फर्किने उडानमा भने अधिकांश टिकट ६ हजार ८९८ रुपैयाँमा कायम गरिएको छ। तर काठमाडौँ-धनगढी रुटमा २-३ दिन पछिसम्म पनि १२ हजारभन्दा कममा टिकट उपलब्ध छैन।

यात्रुहरूले विमान कम्पनीहरूलाई चाडपर्व नजिकिँदा मनपरी मूल्यवृद्धि गरेको आरोप लगाएका छन्।अरुबेला साढे सात हजारमै यात्रु बोक्न मिल्ने तर चाडपर्व आउँदा नमिल्ने हुन्छरु सरकारी निकाय मौन हुँदा विमान कम्पनीको मनपरी सुरु भएको छ,”हालै यात्रा गरेका धनगढीका खगेन्द्र साउँदले बताए।

जेनजी आन्दोलनका कारण देशभर कर्फ्यु आदेश जारी हुनु र लामो दूरीका यातायात बन्द हुनु, साथै चाडपर्व नजिकिँदै यात्रुको चाप बढ्नु भाडा वृद्धि हुने प्रमुख कारण देखिएको छ।

नागरिक उड्डयन प्राधिकरणले भने यसबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन। यात्रुहरूले भने सरकारले तत्काल मूल्य नियन्त्रण र अनुगमन गर्नुपर्ने माग गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार