५ कैदीबन्दी र सुधारगृहका ५ बालकको मृत्यु

नेपालगन्ज, रामेछाप, परासी, धादिङ — २४ भदौ राति बाँकेको नौबस्तास्थित बालसुधार गृहमा रहेका बालबिज्याइकर्ता भाग्न खोज्दा प्रहरीले गोली चलाएको थियो, त्यस क्रममा पाँच जनाको मृत्यु भयो । दुई जना घाइते भए । घाइतेको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

Galaxy

प्रहरीले झडपमा परी पाँच जनाको मृत्यु भएको जनाएको छ । अभिभावकले सजाय भुक्तान गरिरहेका आफ्ना सन्तानलाई प्रहरीले अनाहकमा मारेको आरोप लगाएका छन् ।

मृत्यु हुनेमा अछामका २१ वर्षका उमेश बिष्ट, दाङका २० वर्षका विनेश घर्ती मगर, बाँके खजुराका २० वर्षका समीर थापा, कैलालीका १९ वर्षका जगत देउवा र दैलेखका २१ वर्षीय भूपेन्द्र खत्री छन् । मृत्यु भएका पाँचै जना जबर्जस्ती करणी मुद्दामा बालसुधार गृह पुगेका थिए ।

बाँकेको खजुरा गाउँपालिका–१ का समीर जिल्ला अदालतबाट फैसला भई गत १० वैशाखमा बालसुधार गृह आएका थिए । अछाम रामारोशन–४ का उमेशलाई अछाम जिल्ला अदालतले ९ वर्ष ६ महिना कैद २५ हजार जरिवाना सुनाएको थियो । उमेश १ मंसिर २०७६ मा बालसुधार गृह आएका थिए । उनको ३ वर्ष १ महिना कैद बाँकी थियो ।

कैलालीको लम्कीचुहा–६ का १९ वर्षीय जगत देउवालाई कैलाली जिल्ला अदालतले ७ वर्ष कैद ३ लाख ३३ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । उनी २४ फागुन २०८० मा बालसुधार गृहमा आएका थिए । दैलेख महाबु–२ का २१ वर्षीय भूपेन्द्र खत्रीलाई सुर्खेत जिल्ला अदालतले ८ वर्ष कैद ३ लाख ३३ हजार रुपैयाँ जरिवाना तोकेको थियो । उनको ६ वर्ष १० महिना बाँकी थियो । उनी २४ असार ०८१ मा बालसुधार गृह आएका थिए ।

दाङ घोराही–१३ का २० वर्षीय विनेश घर्तीमगर जबर्जस्ती करणी मुद्दामा दाङ जिल्ला अदालतको फैसलाबाट २ पुस ०८० मा बालसुधार गृह आएका थिए । बालसुधार गृहमा रहेका बालबिज्याइकर्ताहरूले कारागारको गेट फुटाउन खोज्दा झडप सुरु भएको प्रहरीले जनाएको छ ।

‘सुरुमा होहल्ला गर्दै गेट तोडेका थिए । उनीहरूले आफ्नो पर्खाल तोडेर त्यहीं रहेको कारागारको गेट फोड्न खोजेपछि झडप सुरु भयो । त्यसपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीमात्र भित्र जान सक्ने अवस्था भयो । हामी सबै कर्मचारी बाहिर निस्कियौं,’ बालसुधार गृहका प्रमुख श्यामबहादुर रानाले भने, ‘झडपलाई नियन्त्रण गर्दागर्दै सुधार गृहमा रहेका कैदीबन्दी भागेका थिए ।’ बालसुधार गृहमा रहेका १ सय ७६ मध्ये ७८ जना भागेकोमा २० जना नियन्त्रणमा आइसकेका छन् । ५८ जना अझै फरार छन् ।

रामेछापका तीन कैदीले ज्यान गुमाए

२६ भदौ बिहीबार बिहान रामेछापमा जिल्ला कारागार तोडफोड गरेर भाग्न खोजेका कैदीबन्दीमाथि सेनाले गोली चलाउँदा तीन कैदीबन्दीको मृत्यु भएको छ । जबर्जस्ती करणी मुद्दामा सजाय भुक्तान गरिरहेका मोरङको विराटनगर–५ का ५१ वर्षीय राजकिशोर यादव, कर्तव्य ज्यान मुद्दामा सजाय पाएका धनुषाको गणेशमान चारनाथ नगरपालिका–३ का ५८ वर्षीय बिकरु धोबीको घटनास्थलमै मृत्यु भएको हो । मानव बेचबिखन मुद्दामा सजाय काटिरहेका धनुषा जनकपुरधाम–१२ का मनोज महतोको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

कारागारबाट भाग्न खोज्दा गोली लागेर मृत्यु

२५ भदौमा धादिङ कारागारमा कैदीबन्दीले तोडफोड गर्न थाले । कैदीबन्दी गेट तोडेर भाग्न खोजेपछि नेपाली सेनाले उनीहरूलाई रोक्न पानीको फोहोरालगायत प्रयोग गर्‍यो । च्यानल गेट तोडेर बाहिरिन थालेपछि सेनाले चलाएको गोली लागेर २ कैदीबन्दीको मृत्यु भयो ।

तीमध्ये एक थिए, धादिङ बेनीघाट रोराङ गाउँपालिका–४ घर भई जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका ६७ वर्षीय जितबहादुर घले । नाबालिका करणी मुद्दामा जेल भुक्तान गरिरहेका घले अविवाहित हुन् । उनको परिवारमा कोही नभएकाले काकाको छोराछोरीले शवको जिम्मा लिएर अन्त्येष्टि गरेका छन् ।

गोली लागेर मृत्यु भएका अर्का हुन्, पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ घर भएका ३८ वर्षका इन्ऽबहादुर डाला । सवारी चालकको काम गर्ने उनी ७ साउन २०८० मा धादिङको गल्छी गाउ“पालिका–७ बुद्धपार्कबाट लागूऔषध गा“जासहित पक्राउ परेका थिए । निम्नवर्गीय परिवारका डालाका श्रीमती, २० वर्षकी छोरी र १८ वर्षका छोरा छन् । डालाको मृत्युपछि परिवार र छरछिमेकी शोकमा परेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार