काठमाडौँ — देशमा सुशासन, जवाफदेहिता र पारदर्शिता स्थापित होस् भन्ने माग राख्दा बगाउनु परेको प्रत्येक थोपा रगतले नेपाली समाजलाई ब्युँझाइरहनेछ । इतिहासले प्रमाणित गरेको छ कि नागरिकको आँसु, रगत र पीडाले नै देशमा पुनर्जागरण ल्याउँछ ।
पुनर्जागरणलाई जीवन्त राख्न हरेक अमूल्य जीवनप्रति सम्मान अपरिहार्य छ । कान्तिपुरको आजको अंक अमूल्य जीवन र उनीहरूको संकल्पप्रति समर्पित छ।
देशमा व्याप्त भ्रष्टाचारविरुद्ध सुशासनको माग राख्दै जेन–जीले गत भदौ २३ मा काठमाडौंको माईतीघर मण्डलबाट विरोध प्रदर्शन गरेका थिए ।
प्रहरीलाई फूल दिएर कार्यक्रम सुरु गर्ने भनेका जेन–जीलाई उत्तरार्धमा तिनै प्रहरीले टाउको र छातीमा ताकी ताकी गोली बर्साए, २१ जनाको पहिलो दिनमै ज्यान गयो । होनहार युवाको ज्यान गएसँगै देश उद्वेलित भएको थियो ।
पहिलो दिन ज्यान गुमाएका २१ जनाको कथा यहाँ प्रस्तुत गरिएको छ :
- हामीले नगरे कसले गर्छ भन्थे अभिषेक
- वैदेशिक रोजगारीको तयारीमा थिए अभिषेक
- आयुषको फ्रान्सको यात्रा अधुरै
- बुवालाई रोकेर प्रदर्शनमा गएका ईश्वत फर्किएनन्
- उच्च शिक्षा अध्ययन गरिरहेका ओजन अस्ताए
- अधुरै रह्यो गौरवको यूके जाने सपना
- सामाजिक सञ्जालबाट खुल्यो छत्रमानको पहिचान
- देशको मुहार फेर्न छातीमै गोली थाप्न तयार दिलनारायण
- जसका सपना सडकमै छुटे
- अनि आफन्तहरूको आकाश खस्यो
- बुद्धिबहादुर दुई छोरा र बुढा बुबाका सहारा थिए
- भविष्य बनाउन काठमाडौं गए, दुई महिनामै ज्यान गुमाए
- ज्याला मजदुरी गरेर परिवार पाल्थे सरदार
- माल्टा जाने तयारीमा थिए श्रीकृष्ण
- आमालाई दसैंमा चाँडै घर आउछु भनेका योगेन्द्र उतै अस्ताए
- व्यवसायमा रुची राख्थे रसिक
- सन्तानको भविष्य पनि खोसियो
- छिनभरमै ढल्यो सहारा
- देशलाई उज्यालो दियो, घर अन्धकार भयो
- सिभिल इन्जिनियरिङ सकेका सुलभ ग्राजुएसनको पर्खाइमा थिए
- कलेज ड्रेसमै गोली लाग्यो
सम्बन्धित समाचार
५ कैदीबन्दी र सुधारगृहका ५ बालकको मृत्यु
भाटभटेनीमा १२ सहित व्यापारिक भवन र निजी घरमा १५ ले ज्यान गुमाए, ३ को मात्र सनाखत
प्रतिक्रिया दिनुहोस्