काठमाडौं प्रहरीले भन्यो : बिलबिनाका सामान नकिन्नू 

काठमाडौँ — काठमाडौं प्रहरीले बिलबिनाका सामान नकिन्न सार्वजनिक अपिल गरेको छ । जेन-जी आन्दोलनका क्रममा लुटपाट र चोरी भएको भन्दै यसप्रति प्रहरीले सर्वसाधारणलाई सचेत गराएको हो ।

प्रदर्शनपछि बैंक तथा वित्तीय संस्था र व्यक्तिका घर र व्यापारिक प्रतिष्ठानहरुबाट लुटपाट भएकाले यस्ता सामान बिक्रीका लागि ल्याउन सक्ने आशंका गर्दै प्रहरीले बिल भर्पाही हेरेर मात्रै सुनचाँदी र गरगहना खरिद गर्न भनेको छ ।

Galaxy

सूचना र आह्वानलाई अवज्ञा गरेमा अपराध कानुनअनुसार संलग्नलाई कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार