एसवाई प्यानलको आईपीओ असोज ७ गतेदेखि खुल्ने

 काठमाडौं : एसवाई प्यानलको आईपीओ असोज ७ गतेदेखि खुल्ने भएको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन गर्न लागेको हो ।

भदौ २९ गतेबाट आईपीओमा आवेदन खुलाइने भनिए पनि विषम परिस्थितिका कारण सारिएको बिक्री प्रवन्धक प्रभु क्यापिटलले स्पष्ट पारेको छ ।

Galaxy

कम्पनीले जारी पूँजी १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १ सय कित्ताको ४० प्रतिशत सेयर अर्थात् ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो ।

जसमध्ये २ लाख ६१ हजार ६२७ कित्ता उद्योग प्रभावित क्षेत्रका लागि र ४ लाख ९७ हजार ९२ कित्ता वैदेशिक रोजगारमा रहेकाहरूका लागि छुट्याइएको छ । उद्योग प्रभावित क्षेत्रका रुपमा चितवन जिल्लाको रत्ननगरपालिकाका सबै वडाहरू समेटिएका छन् ।

न्यूनतम १० र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । प्रभावित स्थानीयले प्रभु बैंकका सौराहा शाखा, टाँडी शाखाबाट आवेदन दिन सक्नेछन् । प्रभु क्यापिटलको अनलाइन प्रणालीबाट पनि आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।

त्यस्तै वैदेशिक रोजगारमा रहेकाले अनलाइन प्रणाली मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

यसको मुख्य कार्यालय काठमाडौंको तीनकुनेमा छ । उद्योग रत्ननगर १४ मा पर्दछ । करिब ५० डिलरमार्फत एसवाई प्यानलका वस्तु बिक्री हुने गरेको कम्पनीको दाबी छ ।

अपरिस्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८१/८२ सम्म कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८१ पैसा छ । त्यस्तै प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ४२ पैसा छ । सञ्चित नाफा १२ करोड १० लाख रुपैयाँ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार