सुदूरपश्चिम प्रदेश सभामा ९० प्रतिशत भन्दा बढी भौतिक क्षती भएको छ – सभामुख भण्डारी

धनगढी : सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले सुदूरपश्चिममेलीहरूको मानसिकता नै विकास प्रेमी नभएको बताएका छन्। ‘जेन जी’ आन्दोलनका क्रममा क्षतिग्रस्त भएका सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालय लगायत अन्य कार्यालयको अनुगमन गर्ने क्रममा ठूलो क्षति भएको अनुमान गरिएको छ।

प्रदेश सभा भने करिब ९० प्रतिशत जति क्षति भएकाले प्रदेश सभा सञ्चालनको लागि लामो समय लाग्ने सभामुख भण्डारीले बताए। जेन जी आन्दोलनको क्रममा नहुनुपर्ने दुखद घटना भयो। निर्वाचित प्रतिनिधिहरूसँगको आक्रोश भौतिक संरचनामाथि देखाउनु हामी सबैको साँझा क्षति गर्नु हो । आज हामी छौँ, भोलि अरु कोही आउँछन्। यो कमजोर मानसिकता भएका विकासै नचाहने व्यक्तिहरूबाट भएको कार्य भएकाले यसमा जो जो संलग्न छन् कारबाहीको भागीदार समेत हुनुपर्ने सभामुख भण्डारीको माग रहेको छ।

Galaxy

सभामुख भण्डारीले थप्दै भने “जेन जी को आन्दोलन एकातिर काम कर्तव्य एकातिर निर्वाह भइरहेकाले कतै यो आन्दोलन औचित्य विहीन हुन्छ कि भन्ने लागिरहेको समेत बताए। यस्तै परिस्थिति रहे कतै देशलाई गृहयुद्धमा धकेल्छन् कि भन्ने चिन्ता लागिरहेको सभामुख भण्डारीको भनाइ रहेको छ।

आज सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाह लगायतको सिङ्गो मन्त्रालयको टोलीले क्षतिग्रस्त संरचनाहरूको अनुगमन गरेको थियो। अनुगमनपछि आवश्यकताका आधारमा कसरी अगाडि बढ्ने भन्ने निर्क्योल समेत गरिने देखिन्छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार