अत्तरियाको दुग्ध विकास संस्थान (डीडीसी) ११७ दिनपछि ताला खोलेपछि पुनः सञ्चालनमा

अत्तरिया :  कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियामा रहेको डीडीसी गत जेठ ८ गतेदेखि स्थानीयको विरोधका कारण तालाबन्दीमा थियो। मंगलबार बिहान सर्बदलिय सर्वपक्षीय बैठक बसेर तालाबन्दी खोल्ने निर्णय गरिएको हो। बैठकमा गोदावरी नगर प्रमुख वीरेन्द्र भट्ट, डीडीसीका प्रबन्धक निरञ्जन भट्टराई, राजनीतिक दलका प्रतिनिधि तथा संघर्ष समितिका सदस्यहरू सहभागी थिए।

२०६७ सालमा स्थापना भएको यो कार्यालयलाई धनगढीमा स्थानान्तरण गर्ने निर्णय भएपछि स्थानीय स्तरमा विरोध चर्किएको थियो। किसानहरूको भुक्तानी रोकिँदा थप समस्या उत्पन्न भएको संघर्ष समितिका संयोजक लोकराज पाण्डेले बताए। डीडीसीका प्रबन्धक भट्टराईले मासिक ४० हजार भाडामा कार्यालय सञ्चालन गर्दै आएका भए पनि किसानलाई समयमै भुक्तानी दिन नसक्दा समस्या गहिरिएको जानकारी दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार