धनगढी : सुदूरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री कमल बहादुर शाहले जेनजी आन्दोलनमा प्रदर्शनका क्रममा तोडफोड तथा आगजनी भएका प्रदेशस्थित सरकारी कार्यालयको भौतिक संरचनाहरुको अनुगमन गरेका छन् । मुख्यमन्त्री कमल बहादुर शाहले मुख्यमन्त्री कार्यालय, आर्थिक मामिला मन्त्रालय, भौतिक पुर्वाधार मन्त्रालय, प्रदेश सभा भवन र सामाजिक विकास लगायत मन्त्रालयको अनुगमन गरेका हुन् ।
भदौ २३ र २४ गते जेनजी युवाहरुले गरेको प्रर्दशनमा सुदूरपश्चिम प्रदेशमा १ सय ३९ भौतिक संरचनामा क्षती भएको छ । आन्दोलनका क्रममा सवै भन्दा बढी क्षेत्री सुदूरपश्चिम प्रदेशमा भएको छ । प्रदेशमा १ सय १० वटा चार पाङग्रे सवारी र ५ सय १५ भन्दा बढी दुई पाङग्रे सवारी नष्ट भएको छ । त्यस्तै विभिन्न सरकारी कार्यालयका फर्निचर, कम्पृटर, लगायत कागजात नलेर नष्ट भएका छन् भने केहि चोरी भएका छन्।
प्रतिक्रिया दिनुहोस्