अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं : सुशीला कार्की नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदबारमा केही समयअघिदेखि बैठक सुरु भएको हो।

जेनजी आन्दोलनले केपी ओली नेतृत्वको सरकार ढलेपछि कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भएको हो।

कार्की नेतृत्वको सरकार तीन मन्त्रीले आजै शपथ लिएर पदभार ग्रहण गरेका थिए। कार्कीले अर्थमन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङ मन्त्री छन्।

अर्यालले गृहसहित कानून र घिसिङले ऊर्जासहित भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार