काठमाडौँ : जेन जेड आन्दोलनमा तहसनहस भएको भक्तपुरको सानोठिमी प्रहरी चौकी निर्माणमा स्थानीय समुदाय जुटेका छन् ।
सानोठिमी प्रहरी चौकी निर्माणका लागि मध्यपुर ठिमी नगरपालिका-७ धुन्चेपाखा बस्ने स्थानीय समुदायहरूले रकम संकलन गरेका छन् । स्थानीय समुदायबाट संकलित १ लाख ३७ हजार ७ सय रुपैयाँ चौकीलाई हस्तान्तरण गरिएको बताइएको छ ।
४५ जना स्थानीयबाट संकलित गरिएको उक्त रकम चौकीलाई आइतबार हस्तान्तरण गरिएको बताइएको छ ।
यसअघि पोखराको प्रहरी कार्यालय बनाउन पनि स्थानीय समुदाय र पोखराका व्यवसायी जुटेका थिए । जेन जेड आन्दोलनका क्रममा प्रहरी धेरै प्रहरी कार्यालयहरू तहसनहस भएका थिए । आगजनी र तोडफोड पूर्ण क्षति भएका प्रहरी कार्यालय अहिले खण्डहर बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्