बझाङमा प्रहरी नियन्त्रणमा लिन खोज्दा भीरबाट हाम फालेका कैदी गम्भीर घाइते

धनगढी।बझाङमा कारागारबाट फरार भएका एक कैदी प्रहरीले नियन्त्रणमा लिन खोज्दा भीरबाट हाम फाल्दा गम्भीर घाइते भएका छन्।घाइते हुनेमा कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका जाजरकोट भेरी नगरपालिका-४ का रोहित सुनार रहेको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद धमलाले जानकारी दिए।


उनका अनुसार बित्थडचिर गाउँपालिका क्षेत्रमा प्रहरीले नियन्त्रणमा लिन खोज्दा सुनार करिब ३०० मिटर तल खसेका थिए। उनको ढाड र घाँटीमा गम्भीर चोट लागेको छ।

SHIKHAR COOL TECH

हाल उनी सेती प्रादेशिक अस्पतालमा उपचाररत छन् र स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।उनीसँगै भागेका सोही मुद्दाका कैदी चन्द्रबहादुर पुनलाई भने प्रहरीले सकुशल पक्राउ गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार