जिम्मेवारी लिने हो, भाग्ने होइन : ऊर्जा मन्त्री घिसिङ

ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास सहितका तीन वटा मन्त्रालयको जिम्मेवारी लिएका नवनियुक्तमन्त्री कुलमान घिसिङले कठिन परिस्थितिलाई सामना गर्न जिम्मेवारी लिएको बताए ।

‘देश एउटा सङ्कटपूर्ण घडीमा छ । राजनीतिक स्थिरतामा अगाडि बढाउन सकिन्छ भनेर ठूलो चुनौतीमा हामी आएका छौँ । यो सानो चुनौती होइन । यो चुनौतीबाट भाग्नु हुँदैन,’ ऊर्जा मन्त्रालयमा आफ्नो पदभार ग्रहण गर्दै उनले भने, ‘यो चुनौतीलाई सामना गर्न हामी आएका छौँ । यसलाई सामना गर्दै तीन वटा मन्त्रालयको जिम्मेवारी लिएर म आएको छु । जिम्मेवारी लिने हो, भाग्ने होइन ।’

Galaxy

उनले राष्ट्रका लागि ठूलो क्षति पुगेकोले अब पुनर्निर्माण अभियानमा लाग्ने बताए । ‘अब हिंसा होइन, समाधानको बाटो हो । अब हामी पुनर्निर्माण, समृद्धि र राजनीतिक स्थिरतामा लैजानु छ,’ उनले भने, ‘सही अवतरण गर्नु हाम्रो दायित्व हो । पुनर्निर्माण हाम्रो अभियान हो ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार