कैलाली जिल्ला अदालतले आन्दोलनका कारण स्थगित सेवा पुनः सञ्चालन गर्ने

धनगढी :  कैलाली जिल्ला अदालतले गत भदौ २४ गतेको देशव्यापी आन्दोलनका कारण स्थगित भएको सेवा भदौ २९ गतेदेखि पुनः सञ्चालन गर्ने निर्णय गरेको छ।

अदालतले आज सूचना जारी गर्दै आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटका कारण प्रभावित सेवाबारे व्यवस्था मिलाइएको जनाएको छ। अदालतद्वारा जारी सूचनाअनुसार बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदन दर्ता, म्याद थप, जरुरी प्रकृतिका पुर्जीको स्वीकृति तथा पत्राचार अनुमतिसम्बन्धी कार्यहरू आज साउन २९ गतेदेखि सुचारु भएका छन्।

SHIKHAR COOL TECH

तर अदालतले अन्य नियमित कामकाज, मुद्दा दर्ता, नियमित तारिखका मुद्दा सुन्ने तथा अन्य कार्यहरू हाललाई स्थगित रहेको जनाएको छ। यसबारे अर्को सूचना पछि जारी गरिने अदालतले जनाएको छ। भदौ २४ गतेका लागि तोकिएका म्याद/तारिखका मुद्दा फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५२ र दिवानी कार्यविधि संहिता, २०७४ को दफा २२५ बमोजिम, सर्वोच्च अदालतको अघिल्लो आदेशअनुसार ३० दिनभित्र पुनः तोकिएको म्याद/तारिखमा हाजिर हुन सक्ने व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ।

यसैगरी, नियमित सेवा सहज बनाउन आवश्यक व्यवस्था मिलाइने र समय–समयमा थप सूचना जारी गरिने अदालतले जनाएको छ। यसअघि आन्दोलनका क्रममा अदालतमा भएको क्षति र त्यसले सेवामा पारेको असरलाई मध्यनजर गर्दै अदालतको आकस्मिक पूर्ण बैठकले यस्तो निर्णय गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार