बैतडीमा जेन्जीको नाममा नगरपालिकाको एक्स्काभेटरमा आगजनी

धनगढी :  जेन्जीको नाममा बैतडीको पुर्चौडी नगरपालिकाको एक्स्काभेटरमा आगजनी गरिएको छ। भदौ २६ गते राति एक्स्काभेटरमा आगजनी गरिएको नगरपालिकाले जनाएको छ।

सडक सफा गर्न श्रीभावर- हाट सडक खण्डको वडा नम्बर-७ रतोकामा राखिएको डोजरमा जेन्जीका नाममा अज्ञात समूहले आगो लगाएको नगरपालिकाले जनाएको छ। एक्स्काभेटर जलेर काम नलाग्ने भएको बताइएको छ। सडक सफा गर्न रतोका गाउँमा राखिएको एक्स्काभेटर जेन्जी आन्दोलन मत्थर भइसेकेपछि जलाइएको हो।

यस्तै, भदौ २५ गते राति जेन्जी समूहको नाममा पुर्चौडी-१ मा रहेको माओवादी केन्द्र पार्टी कार्यालयमा समेत आगजनी गरिएको थियो। पार्टी कार्यालयमा भने सामान्य क्षति भएको बताइएको छ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार