धनगढी : काठमाडौँ–धनगढी हवाई टिकटको दर वृद्धि हुँदै गएको छ। दशैँ–तिहारको समय सुरु भएसँगै हवाई टिकटको दर वृद्धि हुँदै गएको हो।
काठमाडौँ–धनगढी हवाई सेवा दिदै आएका विमान कम्पनीहरूले १६ हजार सात सयसम्म टिकटको दर पुर्याएका छन्। श्री एयर साइन्सले सोमवारका लागि १६ हजार सात सय ९० सम्म टिकटको दर निर्धारण गरिएको छ। श्री एयरले न्यूनतम टिकटको दर १४ हजार दुई सय ९९ र अधिकतम १६ हजार सात सय ९० निर्धारण गरेको हो। बुद्ध एयरले १४ हजार तीन सय चार रुपैयाँ अधिकतम टिकटको मूल्य तोकेको छ।
अन्य समयमा सात हजारको आसपास हुने काठमाडौँ–धनगढीको हवाई टिकटको मूल्य चाँड पर्वको समयमा वृद्धि हुने गरेको छ। दशैँ–तिहारको समयमा हवाई टिकटको मूल्य अस्वाभाविक रूपमा वृद्धि हुँदै आएको सुजन बमले बताएका छन्। उनले नेपाल सरकारले हवाई टिकटको मूल्यमा कडाइ गर्नुपर्ने माग गरेका छन्।
धनगढी विमानस्थल कार्यालयले सरकारले अधिकतम टिकटको दर निर्धारण गर्ने गरेको र, सोही अनुसार विमान कम्पनीहरूले टिकट कम–बढी लिने गरेको बताउने गरेको छ।
प्रतिक्रिया दिनुहोस्