कैलाली प्रशासनले आजदेखि अत्यावश्यक सेवा दिने

धनगढी : जेनजी आन्दोलनका क्रममा भएको आगजनी भौतिक संरचनामा क्षति भएपछि ठप्प रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले आइतवारदेखि अत्यावश्यक सेवा सुचारु गर्ने भएको छ।

आगजनीले भौतिक संरचना, सरसामान तथा कागजपत्र जलेर नष्ट भएको अवस्थामा जिल्ला प्रशासन कार्यालयले टेन्ट गाढेरै भएपनि अत्यावश्यक सेवा सुचारु गर्ने तयारी गरेको प्रशासकीय अधिकृत एवम् सूचना अधिकारी शिवराज जोशीले बताए।

SHIKHAR COOL TECH

आगोले जलेर खण्डहरमा परिणत भएको प्रशासन कार्यालय परिसरमा शनिवार सरसफाइ गरिएको छ। सेवा सञ्चालन गर्न दाताले कम्प्युटर, प्रिन्टर, स्क्यानर लगायतका नभइ नहुने सामान उपलब्ध गराउने वचन दिएकाले टेन्ट गाढेर भएपनि अत्यावश्यक सेवा सुचारु गर्न लागिएको जोशीले बताए। तत्काललाई नागरिकता र विभिन्न खालका सिफारिस सम्बन्धीका सेवा सञ्चालन गर्ने तयारी छ।

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले लगाएको आगोले जिल्ला प्रशासन कार्यालयको पुरानो भवन जलेर ध्वस्त भएको छ भने नयाँ भवनमा रहेका भौतिक संरचना, कागजपत्र तथा अन्य सरसामान पनि जलेर नष्ट भएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार